Thursday, 20th August, 2026
वि.स.

थाहानगरमा सिन्धु विकास बैंकको १९ औ शाखा खुल्यो 

सिन्धु विकास बैंकको १९ औ शाखाले मकवानपुरको थाहा नगरपालिकाबाट कारोबार शुभारम्भ गरेको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ थानाबजारबाट सिन्धुले ६ भाद्रबाट कारोबार शुभारम्भ गरेको हो । बैंकको एक समारोहकाबीच थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले उद्घाटन गरे । बैंकले उद्घाटनसंगै औपचारिक रुपमा कारोबार शुरु गरेको सिन्धु विकास बैंक पालुङ शाखाका सागर लम्सालले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा उपमेयर गोपालीले नगरमा स्थापना भएका वित्तिय संस्थाहरुको सुरक्षाको लागि प्रतिवद्ध भएको बताए । गोपालीले नाफमा मात्र भन्दापनि सेवा केन्द्रित भएर काम गर्नको लागि सुझाव दिदै बैंकको लागि नगरले गर्नुपर्ने सहयोगमा सँधै तयार रहेको बताए  । कार्यक्रममा नेपाल कम्युजिष्ट पार्टीका नेता अरुण रायमाझीले थाहानगर कृषि र पर्यटनको क्षेत्र भएकोले बैंकको लगानी त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । जिल्ला सहकारी संघका विमलकुमार ढकालले बैंक तथा वित्तिय क्षेत्रलाई काम गर्न चुनौति बन्दै गइरहेको बताउँदै सिन्धुले नागरिकलाई सकारात्मक प्रभाव पार्न सफल हुन शुभकामना दिए । 

सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले बचतकर्तालाई राम्रो ब्याज दिने र सर्वसुलभ कर्जा प्रवाहमा बैंक तयार रहेको बताए । सबै नागरिकलाई सहज बैंक पहुँचको लागि सिन्धुले सहजीकरण गर्ने जोशीले बताए । बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले वितिय पहँुच नपुगेको स्थानमा सेवा प्रवाह गर्न बैंक तयार रहेको बताए । 

प्रमुख कार्यलय बनेपामा रहेको सिन्धु विकास बैंकको ५२ करोड चुक्ता पुँजी तथा ३ अर्ब चालु  पुँजी रहेको छ । 

संचालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा संचालक बिनोद पोखरेल, पालुङ शाखा प्रमुख उपेन्द्र भण्डारी, तथा थाहानगरका विभिन्न सहकारी, बैंक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधिहरुलगायतकाको उपस्थिती रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif