Thursday, 20th August, 2026
वि.स.

थाहानगरमा साँढे ११ करोडको लगानीमा शीतभण्डार 

DSC_0050-1540555566.JPG

मकवानपुर थाहानगरबासीको सम्वृद्धिको लागि शीतभण्डारको भूमीका महत्वपूर्ण हुने प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताएका छन् । थाहा नगरपालिका वडा नं. ३ मा रहेको थाहानगर शीतभण्डार शिलन्यास गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् । संघ प्रदेश र स्थानीय सरकार र स्थानीय सहकारीहरुको लगानीमा शितभण्डार निर्माण हुन लागेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले स्थायी सरकार भएको सन्दर्भमा निजी, सहकारी र सरकारको तीन पक्षको सहयोगमा आर्थिक सम्वृद्धि हुने बताए । उनले थाहानगरको सम्वृद्धि कृषि र पर्यटनबाट ठूलो संभावना रहेको औल्याए । कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले अब बन्ने शितभण्डारले भिमफेदीको ९ नम्बर वडालाई समेत लाभ पुग्ने भएकोले समयमै निर्माण सक्न सुझाव दिए । 

शिलान्यास कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदी जनकल्याण उच्च माविका प्रधानाध्यापक सानोभाई कार्की, नेकपाका नेता विष्णु विष्ट, थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

शीतभण्डार निर्माणका लागि भुमी व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ५० लाख रुपियाँ,  भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश–३ ले चार करोड रुपियाँ तथा नगरपालिका र स्थानीय सहकारीहरुले समेतको लगानीमा निर्माण हुन लागेको हो । साँढे ११ करोडको लगानीमा निर्माण हुन लागेको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif