Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा भदौ १५ सम्म निषेधाज्ञा थप्ने तयारी

1-1598263094.jpg

 भादाै २ गते राति १२ बजेदेखि थाहा नगरपालिकामा लागू गरिएको निषेधाज्ञा आगामी भाद्र १५ गतेसम्मका लागि थप गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।

सोमबार  आयोजित समीक्षा बैठकमा सहभागीहरुले स्वाब संकलनको अवस्था रहेकोले सो अवधिसम्मका लागि निषेधाज्ञा जारी गर्ने सिफारिस गरिएको हो ।

नगर प्रमुख लवशेर बिस्टले सहभागीहरुको अनुरोधलाई सुल्झाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गर्ने बताए ।बैठकमा नगरका सरोकारवाला संघ संथा, राजनीतिक दललगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभगिता थियो ।

बैठकले निषेधाज्ञा अटेर गर्नेहरूलाई प्रचलित कानून बमोजिम कार्वाही गर्न प्रशासनलाई सुझाव दिएको छ । इप्रका पालुङ्गका प्रमुख विकास कुमार तमाङ्गले सबै नागरिकको सहयोग रहेमा प्रहरी तत्काल सुरक्षा सेवामा लाग्ने बताए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif