nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा नागरिक सुनुवाईः प्रहरी चौकी स्थापना गर्न सिफारिस गर्छौ–प्रजिअ

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको संयुक्त आयोजनामा यस वर्षको चौथो ‘नागरीक सुनुवाई कार्यक्रम’ सम्पन्न भएको छ । थाहा नगरपालिकाको विकास घरमा भएको नागरिक सुनुवाई कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा थाहानगर प्रमुख दवशेर विष्ट, तथा उप प्रमुख खड्ग बहादुर गोपाली, नव निवार्चित वडा अध्यक्षहरु,सरकारी तथा गैर सरकारी संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलहरूका प्रमुख तथा प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, शिक्षक, स्थानिय संचारकर्मीहरु लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बसन्त कुमार लामाले आ.ब. ०७३÷०७४ देखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट भए गरेका प्रगति विवरणहरु समेत प्रस्तुत गर्नु गरेका थिए । सो अवसरमा प्रहरी प्रमुख लामा तथा प्रमुख जिल्ला अधिकारी दुवाडीले नागरिक सुनुवाई कार्यक्रममा राखेको जिज्ञासाको जवाफ दिएका थिए । 

प्रहरी चौकी स्थापना गर्न सिफारिस गर्छु–प्रजिअ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले थाहा नगरपालिकाको माग भएको क्षेत्रमा नागरिकको सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्न सकारात्मक रहेको बताएछन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको नागरिक सुनुवाई कार्यक्रममा नागरिकको गुनासोको जवाफ दिदै दुवाडीले यस्तो बताएका हुन् ।

नागरिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले थाहानगरको आग्राको डाँडाबास, बज्रवाराही र टिष्टुङमा प्रहरी चौकी सथापना गर्न माग गरेका थिए । जवाफमा प्रमुख जिल्ला अधिकारी दुवाडीले भने–‘जिल्ला सुरक्षा समितिको बैठक बसी प्रहरी चौकी सथापनाको लागि सिफारिस गर्छौ ।’ उनले थाहानगरको सुरक्षाको लागि इलाका प्रहरी कार्यालय पालुङमा सवारी साधनको व्यवस्थापनमा पनि ध्यान दिइने बताए । मकवानपुरका प्रहरी प्रमुख बसन्त कुमार लामा उत्तरी मकवानपुरको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सँधै लागि पर्ने बताउँदै यसका लागि यसका लागि प्रतिवद्ध भएर लाग्न आफूमातहतका सुरक्षाकर्मीलाई निर्देशन दिए । 

कार्यक्रममा थाहानगरका कार्यालय प्रमुखहरु, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र कुमार पासवानलगायतकाको उपस्थिती रहेको थियो ।
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg