Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा देउसी भैलो खेल्न नपाइने (हेर्नुहोस सूचना सहित)

मकवानपुर थाहा नगरपालिकाले देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको सन्दर्भमा देउसी भैलो खेल्न रोक लगाएको जनाइएको छ । थाहा नगरपालिकाले एक सन्देश प्रकाशन गर्दै शुभ दीपावली २०७७, नेपाल संवत् ११४१, छठपर्व समेत विविध चाडपर्वहरुको पावन अवसरमा समस्त थाहा नगरबासीहरुमा सुख, शान्ति सम्वृद्धि, सुस्वास्थ्य एवम उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेको छ ।

थाहा नगरपालिकाले कोरोाना भाइरसको संक्रमण जोखिम यथावत रहेको र थाहा नगरपालिकामा पनि संक्रमितहरुको संख्या बढ्दै गएको सन्दर्भमा पर्वहरु मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी घरैमा बसेर मनाउन अनुरोध गरेको छ । 

त्यस्तै तिहारमा देउसी भैलो लगायत साँस्कृतिक मनोरञ्जनात्मक क्रियाकलापहरु, खेलवाड, सार्वजनिक स्थानहरुमा भेला जमघटहरु नगर्न नगराउन समेत अनुरोध गरेको छ । 

हेर्नुहोस सूचना:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif