Friday, 21st August, 2026
वि.स.

थाहानगरमा दुईवटा पक्की पुलको निर्माण प्रक्रिया अघि बढ्यो

मकवानपुर थाहा नगरपालिकाको दुई स्थानमा पक्की पुल बन्ने प्रक्रिया अगाडी बढेको छ । 

थाहा नगरपालिकाको वडा नम्बर २ र ३ लाई जोड्ने भुङ्दल र इन्द्रायणी चौर नजिकैको सतिघाटमा पक्की पुल बन्न लागेको हो । थाहा नगरपालिकाको दुई स्थानमा पक्की पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय प्रदेश–३ चितवले ठेक्का प्रक्रिया अगाडी बढाइएपछि अब पुल बन्ने सुनिश्चित भएको थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताए । 

थाहा नगरपालिकाको यि दुई स्थानमा पक्की पुल बनेपछिसाबिकको दामन र पालुङलाई जोड्ने गरि बाह्रै महिना सहज रुपमा यातायात आवागमन हुने प्रमुख विष्टले जानकारी दिए । अहिले ति स्थानमा रहेका अस्थाई कजवे वर्षेनी बाढीले बगाउदा वर्षाको समयमा यातायात आवत जावतमा कठिन भएपछि कृषि उपजहरु बजारसम्म पु¥याउन कठीन हुँदै आएको थियो ।

यसैबीच थाहा नगरपालिका ३ अन्तर्गत घर्तीखोलाको मभिर खोला र ५ तसर स्थीत ढोक्चा गरि २ स्थानमा पुल निर्माणको लागत ईष्टिमेट भई प्रक्रिया अगाडी बढिसकेको जानकारी दिदै मेयर विष्टले यसै आर्थिक वर्षभित्र भित्रै टेण्डर प्रक्रियामा जाने बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif