Monday, 17th August, 2026
वि.स.

थाहानगरमा गोरख संवत् २८१० मनाइयो

गोरख संवत् २८१० शुरु भएको अवसरमा थाहानगरको डाँडागाउँमा रहेको गोरखनाथ मन्दिरमा धार्मिक कार्यक्रम भएको छ । नयाँ संवत् शुरु भएको अवसरमा पुजा तथा भजन किर्तन पनि भएको थियो । 

मन्दिरमा भएको पुजा कार्यक्रममा गोरखनाथ मन्दिर निर्माण समितिका सदस्यहरु, गोरखनाथ मन्दिर संरक्षण युवा क्लबका सदस्यहरु र स्थानिय धर्मावलम्बीहरुको उपस्थिती रहेको थियो । गोरखनाथ परिवारको आयोजनामा कार्यक्रम गरिएको हो । 

पहिलेको वर्ष झैं यस वर्ष पनि नयाँ वर्ष मनाईएको र यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गोरखनाथ मन्दिर संरक्षण युवा क्लबका अध्यक्ष गणेश विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif