Wednesday, 19th August, 2026
वि.स.

थाहानगरमा 'जोन'को कार्यक्षेत्र थपियो

थाहा नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ देखि संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको कार्यक्षेत्र विस्तार भएको छ । 

कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्तर्गत वडा नं. १ देखि १० सम्म मात्र रहेकोमा ११ र १२ नम्बर वडा कार्यक्षेत्र थप भएको परियोजना कार्यान्वयन इकाई तरकारी जोनका प्रमुख सुजन अम्गाईले     जानकारी दिए । थपिएका दुई वडा साविक टिष्टुङ गाविस हुन् । 

परियोजना व्यवस्थापन समितिको असार २७ गतेको बैठकले वडा थप गर्ने प्रस्ताव स्वीकृत भएको परियोजना निर्देशक डाक्टर नरहरी प्रसाद घिमिरेले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif