nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको बजेट साँढे ३७ करोड

मकवानपुरको थाहा नगरपालिकाको प्रथम नगरसभाले थाहालाई दिगो शान्ति स्थायित्व विकास र सम्वृद्धिको गन्तव्यको रुपमा चिनाउने नीति लिएको छ । नगरसभामा ३० असारमा नगरप्रमुख लवशेर विष्टले नगरलाई सम्वृद्ध बनाउनको लागि भौतिक पूर्वाधार, कृषि, पर्यटन शिक्षालगायतकाको क्षेत्रमा प्रवद्र्धन गरिने नीतिमा उल्लेख गरिएको छ । थाहानगरको विकास घरमा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७४/०७५ को लागि नगर उपप्रमुख खड्गबहादुर गोपालीले पेश गरेको ३७ करोड ४७ लाख ९६  हजार रुपियाँको बजेट नगरसभाले पास गरेको छ । 

नगरसभाले थाहालाई प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार विनियोजन गरेको छ । नगरसभाले पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोज गरेको छ । 

थाहा नगरपालिकाले आन्तरिकतर्फ २ करोड ५३ लाख ४३ हजारको आय अनुमान गरेको छ भने केन्द्रीय अनुदानतर्फ विषयगत कार्यालयको शसर्त अनुदानबाट ११ करोड ९ लाख ७७ हजार र वित्तिय समानिकरणबाट २३ करोड ८४ लाख ७६ हजार गरी कुल ३४ करोड ९४ लाख ५३ हजारको अनुमान गरेको छ । 

थाहाको पहिलो नगरसभाले नगर प्रमुख लवशेर विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, कार्यपालिकाबाट सभामा पेश भएको विभिन्न निर्णयहरु, आर्थिक ऐन २०७४,  विनियोजन ऐन २०७४ समेत पास गरेको छ । 
 

र, यो पनि पढ्नूहोस्:

थाहा नगरपालिकाकाे बजेट विवरण

थाहा नगरपालिकाकाे कुन वडाकाे कुन कुन याेजनामा कति बजेट ? 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg