Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको नाटेश्वर माविमा ११ कक्षाको परीक्षा स्थगित

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर १० टौखेलमा रहेको नाटेश्वर माविमा कक्षा ११ को वार्षिक परीक्षा रोकिएको छ । विद्यालयले सूचना प्रकाशन गरेर परीक्षा स्थगित गरेको हो । 

विद्यालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले यही ४ मंसिर बिहीबारबाट संचालन गर्ने भनिएको परीक्षा स्थगन गरिएको विद्यालयले जारी गरेका सूचनामा उल्लेख गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि कक्षा ११ को परीक्षा स्थगन गरिएको प्रधान अध्यापक धर्मेन्द्र प्रसाद अर्यालले बताए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif