Sunday, 23rd August, 2026
वि.स.

थाहानगरको टौखेलमा पसल चोरी

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा रहेको एक पसलमा चोरी भएको छ । 

१३ जेठ राती पसलको ढोका फुटाएर धनमाल चोरी गरेको अवस्थामा विहान देखिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । पसलमा रहेको किराना सामाग्रीहरु चाउचाउ, विस्कुट, पप, फ्रुटी, अण्डा, जुस, चामल तथा केही नगदसमेत चोरी भएको घरधनी भक्त बहादुर गोपालीले जानकारी दिए । गोपालीको किराना तथा चिया बेच्ने पसलको राती ताल्चा फोरेर चोरी गरेको गोपालीले बताए ।

घटना स्थलमा १४ जेठ विहान प्रहरी पुगेको र चोरी गर्नेहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०