Thursday, 27th August, 2026
वि.स.

थाहानगरको गाई पकेट क्षेत्रका किसानलाई प्रोत्साहन  (हेर्नुहोस् क–कस्ले पाए अनुदान)

Gaiaa-1612107492.jpg

मकवानपुर थाहा नगरपालिका पशु सेवा शाखाले कृषकहरुका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । थाहा नगरपालिका वडा नम्बर ३ को गाई पकेट क्षेत्रका विभिन्न १० कसिानलाई अनुदान वितरण गरिएको हो । 

पशु सेवा शाखा शिखरकोटमा १८ माघमा एक कार्यक्रमको आयोजना गरी गाई पालक कृषकहरुलाई गाई खरिद मूल्यमा नियमानुसार करकट्टी बाहेक जनही १७ हजार रुपियाँको दरले अनुदान वितरण गरेको शाखाका निमित्त प्रमुख रुपेश कुमार मिश्रले जानकारी दिए । पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उन्नत गाई खरिद गर्ने कृषकहरुलाई प्रोत्साहन बापत नगद बितरण गरिएको प्रमुख मिश्रले बताए । 

यसैबीच अनुदान वितरणकै अवसरमा गाईको बीमा वापतको हुन आउने रकमको ५० प्रतिशत रकम पनि कृषकहरुलाई वितरण गरिएको छ । सो अवसरमा गाईका लागि आन्तरिक तथा बाह्यि परजीवी नियन्त्रण सम्बन्धी औषधि र उन्नत छाँसको विऊ निःशुल्क वितरण गरिएको थियो । कार्यक्रममा पशु सेवा अधिकृत राघवेन्द्र मिश्रले कृषकको मागका आधारमा कार्यक्रम संचालन गर्ने बताउँदै कृषकसंगको सहलगानीमा कार्यक्रमहरु संचालन हुने बताए । उनले कृषकको मिहिनतबाटै थाहानगरलाई दुध, मासु, फुलमा आत्मनिर्भर बनाउन सकिने भएकोले यसका लागि कृषकहरुको महत्वपूर्ण योगदान हुने बताए । कार्यक्रममा कामधेनु गाईपालक कृषक समुहका अध्यक्ष युवाराज बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोलामा गठित कामधेनु गाई पालक कृषक समुहमा १८ जना कृषकहरु आबद्ध छन् ।

यि हुन् अनुदान पाउने किसानः

  • राजकुमार केसी
  • युवराज वर्तौला
  • शिवराम थापा
  • कल्पना कार्की
  • इश्वरी अधिकारी
  • जयराम थापा
  • श्याम विष्ट
  • राजन उपाध्याय
  • मानसिं पाख्रिन
  • बिन्दा कार्की


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif