Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको ऋषेश्वरमा गुम्बा पुर्ननिर्माण गर्न पुरातत्व विभागको चासो

Thh-1612103867.jpg

मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध ऋषेश्वर क्षेत्रमा पर्ने गुम्बा पुर्ननिर्माणमा पुरातत्व विभागले चासो देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व विभागले ऋषेश्वर क्षेत्रमा रहेको छ्युमी झ्याङछुप गुम्बा पुर्ननिर्माणमा चासो देखाएको हो । गुम्बा पुर्ननिर्माणको संभाव्यताको विषयमा १७ माघमा विभागका उपसचिव भगवान अर्याल सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । 

वि.सं. २०७२ सालको भुकम्पबाट क्षति पुगेको गुम्बा पुर्ननिर्माणका लागि पुरात्व विभागले बजेटको व्यवस्था गर्ने उपसचिव अर्यालले प्रतिवद्धता व्यक्त गरे । विभागले भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको संरक्षण एवं पुर्ननिर्माण सम्बन्धी आधारभूत निर्देशिका, २०७२ बमोजिम सम्पदाको पुनिर्माण हुने विभागले जनाएको छ । सो अवसरमा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले धार्मिक र ऐतिहाँसिक सम्पदाको संरक्षणका लागि सहयोग गरिदिन आग्रह गरे । 

स्थलगत निरीक्षणमा  उपप्रमुख गोपाली, पुरात्व विभागका उपसचिव अर्याल, लेखा प्रमुख राजन रेग्मी, थाहा–४ का वडा अध्यक्ष दिपकसिं लामा, स्थानीय समाजसेवी बिनोद लामालगायत सहभागी थिए । 

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्था संगम ऋषेश्वरको सम्पदा संरक्षण तथा प्रवद्र्धनको लागि यस अघि थाहा नगरपालिकाले विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माण गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण लगायतको निकायहरुमा प्रस्तावना सहित पेश गरेको थियो । नगर मात्र नभई देशकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको ऋषेश्वर क्षेत्रको संरक्षण र प्रचारप्रसारका लागि नगरपालिकाले सरकारी तथा गैर सरकारी विकास साँझेदारहरुलाई आग्रह गर्दै आएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०