Monday, 24th August, 2026
वि.स.

थाहानगरका ३ जनामा आरडिटी पोजेटिभः ‘आरडिटी पोजेटिभ हुँदैमा कोरोना हुँदैन’

थाहा नगरपालिकामा तीनजना व्यक्तिमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको छ । 

थाहा नगरपालिका स्वास्थ्यकर्मीले १६ जेठमा गरेको आरडिटी परीक्षणमा एक महिलासहित ३ जनाको पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पोजेटिभ देखिएकाहरु मध्ये एक महिला र एक पुरुष काठमाण्डौंबाट आई होम क्वारेनटाइनमा रहेका र अर्का पुरुष चितवनबाट आएका पुरुष हुन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिने भएको छ भने स्वाब संकलन गरेर पिसिआरका लागि पठाइने डाक्टर सुबोध चापागाईले जानकारी दिए । ‘आरडिटी पोजेटिभ हुँदैमा कोरोना हुँदैन, कोही डराउनु पर्दैन’ डाक्टर चापागाईले भने–अनावश्यक हल्ला नगर्नू नै राम्रो हुन्छ ।’

१६ जेठमै चित्लाङमा आरडिटी गरिएका १३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले परीक्षणको दायरा बढाउँदै लगेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif