Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका स्वाब पठाइएकाहरुको रिपोर्ट आयो, समुदायस्तरमा स्वाब संकलन शुरु

IMGL0793-1597935544.JPG

मकवानपुर थाहा नगरपालिकाबाट कोभिड–१९ परीक्षणका लागि संकलन गरी पठाइएको ५० जनाको स्वाबको रिपोर्ट आएको छ । थाहा नगरपालिकाले क्वारेन्टिनमा रहेको १३ र बाँकी समुदायस्तरबाट स्वाब संकलनका लागि हेटौंडा परीक्षणका लागि पठाएको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

थाहानगर कोरोना क्वारेन्टिनमा कोभिड–१९ पोजेटिभ आएकाको सम्पर्कमा रहेका अर्का पुरुषको पनि रिपोर्ट नेगेटिभ आएको हो । थाहानगर क्वारेन्टिनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएसंगै क्वारेन्टिन लामो समयपछि खाली भएको छ ।

त्यस्तै हेटौंडामा कोरोना पुष्टि भएका तर थाहानगरमा पनि ट्राभल हिस्ट्री रहेका ग्लोबल आइएमई बैंकका कर्मचारीको सम्पर्कमा रहेकाहरुको पनि रिपोर्ट नेगेटिभ आएको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताए । थाहा नगरपालिकाले समुदायस्तरबाट थाहा–१, ३ र ४ नम्बर वडाबाट समेत गरी ३ भाद्रमा हेटौंडामा स्वाब परीक्षणका लागि पठाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif