Friday, 21st August, 2026
वि.स.

थाहानगरका साहिँला थिङले श्रीमतीलाई हिर्काएर हत्या गरे

मकवानपुरको थाहा नगरपालिका ५ नलिवनका ५२ वर्षीय साहिँला थिङले आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेका छन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ वर्षीया साहिँलीमाया थिङको शनिबार राति हत्या गरेका हुन् ।

हत्याको अभियोगबाट बच्न उनले मृतक पत्नीको मुखमा विषादीसमेत हालेका थिए । छिमेकको पास्नीमा मादक पदार्थ सेवन गरी राति अबेर आएका साहिँलाले पत्नीले ढोका नखोलेको भन्दै सुतिरहेको अवस्थामा घाँटीमा मुड्कीले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।

पत्नीले राति घरको ढोका नखोलेपछि साहिँला ढोका फोरेर घरभित्र पसेका थिए । पत्नीको मृत्यु भएपछि आफू बच्न तरकारीको बोटमा हाल्न ल्याएको विषादी मुखमा खन्याएको सिलवालले जनाए । त्यसलगत्तै उनले विष सेवनका कारण पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । उनको कुरा पत्यार नलागेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले साहिँलालाई एकान्तमा राखेर घटनाबारे सोधखोज गर्दा कुटेर मारेको स्वीकारेका हुन् । प्रहरी हिरासत हेटौंडामा रहेका थिङले रक्सीको मातमा सुरुमा हिर्काए पनि मार्ने नियत नरहेको बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif