nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका संकल्प पाेलिक्लिनिकका निर्देशक सुरेन्द्र श्रेष्ठद्वारा औषधि व्यवसायी संघमा उमेदवारी

IMG_20230223_212949-1677167500.jpg

नेपाल औषधि व्यवसायी संघ मकवानपुरकाे निर्वाचनमा थाहानगरका सुरेन्द्र श्रेष्ठले सदस्य पदमा उमेदवारी दिएका छन् ।

१३ फागुनमा हेटौंडामा हुने औषधि व्यवसायी संघकाे जिल्ला सदस्य पदमा श्रेष्ठले उमेदवारी दिएका हुन् । थाहा नगरपालिकाकाे लाेकप्रिय संकल्प पाेलिक्लिनिकका निर्देशक श्रेष्ठले आफ्नो दृढ प्रतिवद्धतासहित सदस्य पदमा उमेदवारी दिएकाे थाहा टाइम्सलाई बताए ।

मकवानपुरकाे उत्तरी क्षेत्र र थाहा नगरपालिकाबाट उमेदवारी दिएकाेले मकवानपुरका औषधि व्यवसायीहरुले भाैगाेलिक रुपमा समेत न्याय गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।

श्रेष्ठ ल्यायम्ह: पुचः मकवानपुरकाे सचिव, ओखरबजार बजार व्यवस्थापन समितिकाे सदस्य, ओखरबजार एम्बुलेन्स व्यवस्थापन समितिकाे सचिव लगायत दर्जनाैँ संघसंस्थामा आवद्ध छन् ।

श्रेष्ठ निर्देशित संकल्प पाेलिक्लिनिकले उत्तरी मकवानपुरकाे दामन, पालुङ, बज्रवाराही, चित्लाङ, मार्खु, टिस्टुङ, आग्रा, गाेगने, डाँडाखर्क लगायत ग्रामीण भेगका समुदायलाई सेवा प्रदान गर्दै आएकाे छ ।

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)