Friday, 21st August, 2026
वि.स.

थाहानगरका बिष्ट राप्तीमा मृत फेला परे

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँका अनिल बिष्ट राप्ती खोलामा मृत अवस्थामा फेला परेका छन् । 

उनको शव मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा मृत अवस्थामा फेला परेको हो । खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब २४/२५ बर्षका जस्तो देखिने बिष्ट यता कहिले र किन आए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

बिष्टको टाउकोमा चोट समेत देखिएको छ । ‘करिब तीन हप्ता अघि हेटौंडा–१९ सानान्टारस्थित आफन्तकोमा आएका उनी पछिल्लो समय किन र कहिले आए भन्ने बिषयमा अनुसन्धान सुरु गरेका छौँ ।’ मृतकको शब पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको उनले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Dada-1569202540.jpg






Thaha-002-1774415222.gif