Saturday, 15th August, 2026
वि.स.

थाहानगरका नवनिर्वाचित मेयर विष्ट र उपमेयर गोपालीले गरे पदभार ग्रहण

Untitled-1-cpadbhar-graha-1653039760.jpg

थाहा नगरका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । थाहानगरका नवनिर्वाचित मेयर विष्णुबहादुर विष्ट र उपमेयर भरत गोपालीले आज ६ जेठमा नगरकार्यपालिकाको कार्यालय पुगेर आआफ्नो पदभार ग्रहण गरेका हुन् । 

मेयर र उपमेयरको रुपमा उपस्थिति जनाएर उनीहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणको अवसरमा थाहानगरका निवर्तमान मेयर लवशेर विष्ट, उपमेयर खड्गबहादुर गोपाली लगायतको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण अघि उपमेयर गोपालीले मेयर विष्टसँग सपथ ग्रहण गरेका थिए । मेयर विष्टले भने हिजो ५ जेठमा हेटौँडामा पुगेर मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif