nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका नवनिर्वाचित मेयर विष्ट र उपमेयर गोपालीले गरे पदभार ग्रहण

Untitled-1-cpadbhar-graha-1653039760.jpg

थाहा नगरका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । थाहानगरका नवनिर्वाचित मेयर विष्णुबहादुर विष्ट र उपमेयर भरत गोपालीले आज ६ जेठमा नगरकार्यपालिकाको कार्यालय पुगेर आआफ्नो पदभार ग्रहण गरेका हुन् । 

मेयर र उपमेयरको रुपमा उपस्थिति जनाएर उनीहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणको अवसरमा थाहानगरका निवर्तमान मेयर लवशेर विष्ट, उपमेयर खड्गबहादुर गोपाली लगायतको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण अघि उपमेयर गोपालीले मेयर विष्टसँग सपथ ग्रहण गरेका थिए । मेयर विष्टले भने हिजो ५ जेठमा हेटौँडामा पुगेर मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएका थिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)