Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका दुई संक्रमितलाई आइसोलेशन पठाइयो, १७ जना क्वारेन्टिनमा

COROOO-1598024531.jpg

मकवानपुर थाहा नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएपछि संक्रमित पुष्टि भएका दुबै जनालाई हेटौंडा आइसोलेशन पठाइएको छ । 

थाहा नगरपालिका वडा नम्बर २, पालुङका ३० वर्षिय पुरुष र थाहा नगरपालिका वडा नम्बर ६ बज्रवारहीका अर्का ४१ वर्षिय पुरुषलाई उपचारको लागि हेटौंडा स्थित गौरीटार आइसोलेशन पाठइएको हो । संक्रमित दुबै जना दुबईबाट आउका थिए । 

यसैबीच पालुङका संक्रमित परिवारका ६ जनालाई थाहानगर क्वारेन्टिन ओम अध्याय रिसोर्टमा राखिएको छ । त्यस्तै संक्रमित यात्रा गरेका दुई वटा अटोका दूईजना चालकलाई पनि ५ भाद्रमै क्वारेनिटनमा राखिएको छ । 

बज्रवाराहीका संक्रमितका ९ जना परिवारका सदस्यलाई होमक्वारेन्टिनमा बस्न सुझाव दिइएको छ । गाउँमा छुट्टै भएको र सुरक्षित रहन सक्ने भएकोले होम क्वारेन्टिनमा बस्न लगाइएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif