Monday, 17th August, 2026
वि.स.

थाहानगरका कोरोना संक्रमित थप एकको मृत्यु

death-1620538218.jpg

थाहानगरका कोरोना संक्रमित थप एक जनाको आइतबार बिहान हेटौंडामा मृत्यु भएको छ ।

मृतक थाहा नगरपालिका ३ का ३८ वर्षिय पुरुष हुन् । उनको स्वास्थ्य अवस्था कमजोर भएपछि २५ वैशाख विहान मात्र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ लगिएको थियो । प्रास्वाकेमा स्वास्थ्य जाँच गर्दा अस्क्सिजनको मात्रा निकै कम भएपछि हेटौंडा रिफर गरिएको थियो । हेटौंडामा आइसियुमा राखी उपचार सुरु गरिएकोमा २६ वैशाख बिहान ७ बजे मृत घोषणा गरिएको हो ।

पारिवारिक श्रोतका अनुसार यस अघि उनमा कुनै दीर्घ रोग भएको जानकारी छैन । यस अघि २५ वैशाख विहान ३ बजे थाहा ५ का कोरोना संक्रमितको मृत्यु भएको थियो । छाउनी अस्पतालमा गरिएको स्वाव परिक्षणमा उनको पनि कोरोना पोजेटिभ देखिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif