Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका एकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

थाहा नगरपालिकाका एकजना पुरुष सहित मकवानपुरमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईका अनुसार थाहा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षिय पुरुषमा १३ असोजमा कोरोना पुष्टि भएको हो । 

यसैगरी कोरोना पुष्टि हुनेहरुमा हेटौंडाका ३२, र बकैया गाउँपालिकाका एक जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमितहरु १४ महिला र २० पुरुष छन् ।