Tuesday, 18th August, 2026
वि.स.

थाहानगरका उत्कृष्ट स्वयंसेवीकाहरु पुरस्कृत

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा सेवारत् तीनजना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । १३ औं अन्तराष्ट्रिय महिला स्वयंसेविका दिवसको अवसरमा थाहानगर अन्तर्गत दामनकी हिरा लामा, बज्रवाराहीकी सरिता गुरूङ र पालङकी जगतमाया प्रधानलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई जनही तीन हजार नगद प्रोत्साहन पनि दिइएको छ । 

‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वास्थ्य सम्वृद्ध समाज विकासमा टेवा’ भन्ने नाराको साथ २० मंसीरमा देशैभर दिवस मनाइएको हो । कार्यक्रममा थाहानगरका २३ जना स्वयम्सेविकाहरुको उपस्थिती रहेको थियो । 

थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारको विशेष उपस्थितीमा भएको कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख ईन्चार्ज रिनेश अधिकारी, राष्ट्रिय जनमोर्चा मकवानपुर अध्यक्ष लक्ष्मण विष्ट, राप्रपाका अर्जुन केसी, नेकपा माओवादी केन्द्रका अरूण रायमाझी, जनकल्यण उच्च माविका प्राचार्य सानोभाई कार्कीलगायतकाको आतिथ्य रहेको थियो ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif