nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरः यी हुन् खुल्ला सदस्यमा निर्वाचित एक मात्र महिला

pabitra-karki-1653129903.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिकामा खुल्ला सदस्यतर्फ एक जना महिला निर्वाचित भएकी छन् । महिला सदस्य र दलित महिला सदस्य कोटा बाहेक खुल्लातर्फ सदस्य पदमा उमेदवारी दिएर निर्वाचित हुने महिला हुन् वडा नम्बर ३ की पवित्रा कार्की ठकुरी ।

नेकपा माओवादी केन्द्रको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित कार्कीले ७६३ मत ल्याएकी थिइन् ।

थाहा नगरमा  खुल्ला सदस्यमा २ जनाबाहेक सबै पुरुषहरु मात्र उमेदवार रहेका थिए । माओवादीले ३ नम्बर वडामा र राप्रापाले ६ नम्बर वडामा खुल्ला सदस्यमा एक जना महिलालाई मैदानमा उतारेको थियो । राप्रपाबाट वडा नम्बर ६ मा विजयलक्ष्मी महर्जनले खुल्ला सदस्यमा उमेदवारी दिएकी थिइन् । उनले ३८ मत प्राप्त गरिन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)