Wednesday, 19th August, 2026
वि.स.

थाहाको झम्केश्वरीमा आइपीएम पाठशाला सकियो

IPM-2-1532759470.jpg

थाहा नगरपालिकाको झम्केश्वरी आइपीएम (एकीकृत शत्रुजीव व्यवस्थापन) पाठशालाको एक समारोहकाबीच समापन गरिएको छ । कृषि तथा वन विश्व विद्यालय अनुसन्धान तथा प्रचार निर्देशनालय कृषि विभागको आयोजनामा भएको पाठशालाको १४ औं हप्तामा समापन गरिएको हो । 

समापनको अवसरमा कृषि प्राविधिक राजेन्द्र रेग्मीले रोग किराको विषयमा किसानहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा डाक्टर नवराज देवकोटा, दुर्गा देवकोटा लगायतको विशेष उपस्थिती रहेको थियो । पाठशालामा खुम्रे किरा, लाही किरा, रातो कमिला नियन्त्रणको विषयमा केन्द्रीत रहेको कृषि प्राविधिक संगिता खतिवडाले जानकारी दिइन् । 

समापन कार्यक्रममा कृषक समूहमा आवद्ध कृषकहरु, प्राविधिक सृजना पौडेललगायतको उपस्थिती थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif