Thursday, 2nd July, 2026
वि.स.

थाहाको जनकल्याण माविलाई खानेपानी फिल्टर

filter-1533901892.jpg

थाहा नगरपालिका वडा नं. ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा प्लान इन्टरनेशनलको सहयोगमा निष्पक्ष युवा समूहले खानेपानी फिल्टर वितरण गरेको छ ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा २५ साउनमा भएको कार्यक्रममा फिल्टर वितरण गरिएको हो । निष्पक्ष युवा समूहले २० थान फिल्टर, २० वटा गिलाँस, २० थान जग र फिल्टर राख्ने टुल वितरण गरेको हो । 

कार्यक्रममा निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपली, वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी, उप मेयर खड्ग गोपाली, शकुन्तला गोपाली, विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।