nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका सफल विष्ट र्‍याप स्टारको फाइनलमा, जीतका लागि भोटिङ अभियान तीव्र

bsaf-1686137185.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं. २ फाँटबजारका १९ वर्षीय सफल विष्टले र्‍याप स्टारबाट नेपालकै नाम चिनाउँदै छन् । ७००० प्रतिष्पर्धीलाई पछि पार्दै उनी अन्ततः फाइनलमा प्रवेश गरेका छन् । आगामी २८ जेठमा हुने फाइनल चरणमा उनको अन्तिम र्‍याप स्टार परीक्षा हुँदैछ । 

नामै सफल अर्थात् सफल विष्ट ।  सानैदेखि  र्‍याप गायनमा शौखिन सफललाई र्‍याप दुनियाँमा ‘विसफ’ को नामले चिनिन्छ । ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको र्‍याप स्टार रियालिटी शोमा सफल अहिलेसम्म सफल छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ ।

आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् ।  निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । सफलका बुवा राधाकृष्ण विष्ट भन्छन्, ‘निर्णायकहरुले सफलमा छुट्टै ‘इनर्जी’ पाएका छन्,  र्‍यापका मान्यताहरुले सफल सफल नै हुन्छन् तर त्यतिले मात्र र्‍याप स्टार बन्ने ढोका नखुल्न सक्छ किनकि त्यहाँ भोटिङको पनि कुरा हुन्छ । 
 

भोटिङमा सहयोगीहरुको हात आवश्यक भएकोले सफललाई र्‍याप स्टारको रुपमा देख्न पाएर थाहा र मकवानपुरको नाम राख्न अहिले भोटिङ अभियान नै सञ्चालन गरिरहेको विष्ट बताउँछन् । ‘सफललाई भोट गर्नेहरु बढिरहेका छन्, सकेसम्म सबैको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने ।  

सफल अहिले थाहानगरमै छन् । आफन्त र साथीहरुसँग मिलेर भोटको अपिल गर्दै उनी यहाँका विभिन्न स्कूल, बलेज तथा संघसंस्थाहरुमा पुगिरहेका छन् । बुधबार उनले हिमालयन इंगलिस बोर्डिङ स्कूल, जनकल्याण मावि, पालुङ मोडर्न इंगलिस स्कूल, पालुङ इंगलिस स्कूल लगायत विद्यालयहरुमा पुगेर भोटको अपिल गरेको श्रीकृष्ण विष्टले बताए । 
 

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि शोजमा क्लिक गरेपछि र्‍याप स्टारमा गएर भोट नाउमा क्लिक गर्नुपर्छ । त्यसपछि फाइनलमा पुगेका प्रतिस्पर्धीहरुको फोटो देखिन्छ । अन्तिममा सफलको फोटो रहेको छ जहाँ भोट नाउमा क्लिक गरेर भोट गर्न सकिन्छ । २८ जेठ दिउँसो १ बजेसम्म भोटिङ खुल्ला रहने आयोजकले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)