Sunday, 23rd August, 2026
वि.स.

थाहाका संक्रमित बालकको कन्ट्रयाक टे«सिङ, चालकको पनि कोरोना परीक्षण हुँदै

मकवानपुर थाहा नगरपालिका–७ का कोरोना संक्रमित ७ वर्षीय बालक चढेको गाडीको चालकको कन्ट्रयाक टे«सिङ भएको छ । चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा डेरामा बसेका बालक चेढेको गाडीको चालकको ट्रेसिङ भएको हो । साँखु बस्दै आएका गाडी चालकलाई बौद्धमा सम्पर्क गरी स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकू पठायएको छ । 

बालक थाहा नगरपालिका वडा नम्बर ७ बाट तरकारी बोक्ने उक्त गाडीमा चालकसँगैको सिटमा बसेर गत बैशाख २९ गते सतुंगल पुगेका थिए । सोही गाडीमा सँगै गएका बालकको आमाको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । पेसाले पानी बोक्ने गाडी चलाउने बालकको बाबु र उनको सहचालकको पनि पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएको छ । 

बालकको सम्पर्कमा रहेका थाहा–७ चल्तीका घरपरिवारका व्यक्तिहरु र थाहा–७ गैरीगाउँका मावलीका व्यक्तिहरु गरी १० जनाको रिपोर्ट पनि ५ जेठमा नै आउँदैछ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०