Saturday, 15th August, 2026
वि.स.

थाहाका मेयर-उपमेरसहित जनप्रतिनिधिहरुले लिए प्रमाणपत्र, दलहरुसँग सहकार्य गर्दै अघि बढ्ने मेयर विष्टको प्रतिवद्धता

pramanpatra-bitaran-1652947722.jpg

३० बैशाखमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचित थाहा नगरका मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । थाहानगर निर्वाचन अधिकृतको कार्यालयले शिखरकोटस्थित विकास घरमा आयोजना गरेको एक कार्यक्रमबीच नवनिर्वाचित जन प्रतिनिधिहरुले प्रमाणपत्र लिएका हुन् ।

थाहानगर निर्वाचन अधिकृत तिर्थराज भट्टराइले नवनिर्विचित जन प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । थाहाका कार्यवाहक मेयर खड्गबहादुर गोपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। सो अवसरमा थाहाका निवर्तमान मेयर लवशेर विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोद जोशी, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विनोद लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्वाचित भएको प्रमाण ग्रहण गर्दै थाहाका नवनिर्वाचित मेयर विष्णुबहादुर विष्टले आगामी दिनमा थाहामा सबै दलहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले थाहाको विकासमा सबै दलहरुको हातेमालो आवश्यक रहेको औँल्याए । 

कार्यक्रम  थाहानगर निर्वाचन अधिकृत तिर्थराज भट्टराइको अध्यक्षतामा भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif