thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

थाहाका पत्रकार अधिकारीलाई थाहा पत्रकारिता पुरस्कार

IMG_20230110_175142-1673352768.jpg

थाहा दिवसका अवसरमा थाहानगरका पत्रकार शम्भु अधिकारी थाहा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

फरकसोचले थाहा दिवसका अवसमा प्रदान गर्ने थाहा पत्रकारिता पुरस्कार  २०७९  थाहापाटीका कार्यकारी सम्पादक अधिकारीलाई प्रदान गरेको हो ।

अधिकारीले थाहा नगरमा रहेर पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा  सहयोग गरेकाले थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजक फरक सोचले जनाएको छ ।

प्रत्येक वर्ष २६ पौषमा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्म जयन्तीको अवसर पारेर फरक सोचले थाहा पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित ताम्रपत्रबाट सम्मानित गर्दै आएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०