Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाका जनप्रतिनिधि : ५८ प्रतिशत जनजाति, अन्य कति ?(विवरणसहित)

jatigat-thaha-1652958620.jpg

थाहा नगरपालिकामा ३० बैशाखमा भएको निर्वाचनबाट मेयर तथा उपमेयरसहित ६२ जना निर्वाचित भएका छन् । निर्वाचितमध्ये सबै भन्दा धेरै जनजातिहरु रहेका छन् । 

थाहा नगरपालिकामा ३६ जना जनजातिबाट जनप्रतिनिधि रहेका छन् । यो सङ्ख्या कूल जनप्रतिनिधिको ५८ प्रतिशत हो । अन्य(क्षेत्री, बाहुन) जातिबाट जम्मा १४ जना निर्वाचित भएका छन् । त्यसैगरी दलित जातिबाट १२ जना निर्वाचित भएका छन् । दलितबाट १९ प्रतिशत र अन्यबाट २३ प्रतिशत निर्वाचित भएका छन् ।

मेयर र उपमेयरमा क्रमशः विष्ट र गोपाली निर्वाचित हुँदा १२ वडाध्यक्षमध्ये ११ जना जनजाति रहेका छन् । वडा नम्बर ३ बाट वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले विजय हासिल गरिरहँदा अन्य सबै वडाहरुमा जनजाति उमेदवारहरु निर्वाचित भएका छन् । वडा नम्बर १, ५, ७, १०, ११ र १२ नम्बर वडामा वडा अध्यक्षा पदमा जनजातिहरु मात्र प्रतिष्पर्धामा थिए । त्यसैगरी वडा नम्बर ३ मा क्षेत्रीबाट मात्र वडा अध्यक्ष उमेदवार थिए । वडा नम्बर २, ४, ६, ८ र ९ मा जनजाति र अन्य जातिका वडा अध्यक्ष उमेदवारहरु रहेकोमा यी पाँचै वडाहरुमा अन्य जातिका उमेदवारहरु पराजित भएका थिए ।

थाहामा निर्वाचित १२ जना दलित सबै महिला हुन् । उनीहरु दलित महिला सदस्य आरक्षणबाट निर्वाचित भएका हुन् । प्रत्येक वडामा एक जना दलित महिला सदस्य निर्वाचित हुने वाध्यात्मक कानूनी व्यवस्था भएकोले उनीहरुको सिट सुरक्षित हुन पुगेको हो । उनीहरुमध्ये वडा नम्बर ५ मा उर्मिला कार्मी निर्विरोध निर्वाचित भएकी हुन् भने अन्य वडामा मतदानबाट निर्वाचित भएका हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०