Saturday, 22nd August, 2026
वि.स.

त्रिभुवन राजपथको बागझोरामा दुर्घटना

त्रिभुवन राजपथ अन्तर्गत भैसे हेटौंडा सडक खण्ड अन्तर्गत बागझोरामा कार र मोटरसाईकल एक आपसमा ठोक्कीदा दुईजना घाईते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर १ स्थित बाघझोरामा १३ भाद्रमा हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा ७ च ८८७४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४७४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा दुई जना घाइते भएका हुन्।

घाईते हुनेमा इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का मोटरसाईकल चालक पेम्बा लामा तथा मोटरसाईकल पछाडी बस्ने कुमार बल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घाईते दुबैको हेटौँडामा उपचार भैरहेको प्रहरीको भनाई रहेको छ । ठक्कर दिने कार तथा चालकलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif