Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथको नामटारमा दुर्घटना हुँदा चालकको मृत्यू

त्रिभुवनराजपथ स्थित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ नामटारमा यात्रु बहाक टाटा विङ्गर गाडी दुर्घटना हुँदा चालक दिपक कोइरालाको मृत्यू भएको छ । २१ असार बेलुकी  भएको दुर्घटनामा ९ जना घाइते भएकाछन् । 

काठमाण्डौबाट हेटौंडा हुँदै चितवनतर्फ जान लागेको लु १ ज २०२३ नम्बरको यात्रु बहाक गाडी बसिफाँट मावि नजिकैको सडकबाट करिब एकसय मीटर तल खसेको छ । 

दुर्घटनामा परेकाहरुको इलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी सिमभन्ज्याङका प्रहरीहरुले उद्धार गरेरका थिए ।  घाइतेहरुलाई उपचारको लागि हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।