Saturday, 4th July, 2026
वि.स.

तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा आगामी १० कात्तिकदेखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ‘महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्, शुक्रबार साँझ सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने ।
आयोजकले महोत्सवको उद्घाटन शनिबार विहान १० बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । ९ दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल आउने भएका छन् । सो अवसरमा प्रदेश–३ का कम्तिमा ५ जना मन्त्री, साँसदहरु, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ । महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित ब्याण्ड बाजासमेत समावेश गर्ने गरी तयारी गरिएको छ । 
महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ । शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने बताइएको छ । 
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५०  वटा स्टलहरु रहनेछन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०