Wednesday, 19th August, 2026
वि.स.

तिरुपति मार्टः जहाँ सबै घरयासी सामग्री पाइन्छ

हेटौँडाको भुटनदेवी स्कुल रोडमा तिरुपति मार्टको शुभारम्भ भएको छ । प्रत्येक सामग्री खरिद गर्न विभिन्न पसलहरु चाहर्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै मार्ट शुभारम्भ भएको हो । 

सुलभ मूल्य तथा गुणस्तरीय सामग्री उपभोक्तामाझ पु¥याउने उदेश्यले युवा ब्यवसायीहरु मनोज सुबेदी तथा मदन सुबेदीले हेटौँडामा मार्टको शुभारम्भ गरेका हुन् । विदेशमा म्यानेजमेन्ट अध्ययन सम्पन्न गरि आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने उदेश्यको साथ घरयासी सामग्री, श्रृङ्गारको समग्री, गिफ्ट आईटम सहित सबै प्रकारका खाद्य सामग्रीहरु पाउन सकिने गरि सुवेदी दाजुभाई हेटौँडामा नयाँ आरम्भ गरेको बताए । 

मार्टमा आउन नभ्याउनेको लागि फोनबाट सामान अर्डर गरेपनि होम डेलिभरीको समेत ब्यवस्था भएको सुवेदीको भनाई रहेको छ । युवाहरु विदेश पलायन मात्र हुने हो भने यहा ब्यवसाय गर्ने, विकासको लागि लाग्ने युवाहरुको खाँचो हुने भएको भन्दै उनले स्वदेशमानै लगानी गर्दै स्वदेशको लागि नै केहि गर्नुपर्ने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif