Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी जोन शिखरकोटमा सूचीकृत हुने म्याद फेरी थपियो (हेर्नुहोसु सूचना सहित)

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) थाहा नगरपालिका शिखरकोटले कृषक समूह, कृषि फर्म, कृषि सहकारी, कृषि उपभोक्ता समिति जल उपभोक्ता समिति सूचीकृत हुने म्याद थपेको छ ।

तरकारी जोनले पहिलो पटक १८ भाद्रमा सूचना प्रकाशित गरी म्याद थप गरेको जोन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । तरकारी खेतीको उत्पादन, व्यवशायिकीकरण, प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले संचालन गरिने कार्यक्रमहरुका लागि सूचीकृत गर्ने म्याद थपिएको हो । 

जोनले यसअघि भाद्र मसान्तसम्म  मात्र म्याद दिएर सूचना प्रकाशन गरेको भएपनि कोभिड–१९ का कारण छुटेकाहरुका लागि २४ असोजसम्म म्याद थपेको जोन पालुङका प्रमुख तथा वरिष्ट कृषि अधिकृत महेश्वर लामिछानेले बताए । 

हेर्नुहोसू सूचना