Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

डेंगुविरुद्ध स्काउटको जनचेतनामुलक कार्यक्रम

dengue-1663224210.jpg

स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाको समन्वयमा जनकल्याण स्काउट ट्रुपले डेंगुविरुद्ध जनचेतनामुलक कार्यक्रम गरेको छ ।

५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर स्काउट ट्रुपले जनकल्याण माध्यमिक विद्यालयबाट डेंगुविरुद्ध जनचेतनामुलक ¥याली निकालेको हो ।

स्काउटको नेतृत्वमा विद्यालयका झण्डै पाँय सय विद्यार्थी सहभागी ¥याली थाहा नगरपालिकाको शिखरकोट बजार हुँदै ओखरबजारसम्म पुगेको थियो । ¥यालीमा विद्यार्थीहरुले वातावरण सफा राखौँ, डेंगीबाट बचौँ उल्लेख गरिएको प्लेकार्ड बोकेका थिए ।

¥याली अघि बाल दिवसको अवसरमा स्काउट ट्रुपले जनकल्याण माविमा पाँचवटा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको थियो । बाल विकास केन्द्रका विद्यार्थीहरुबीच चकलेट दौड, १ देखि ३ कक्षासम्मका बिद्यार्थीबीच म्युजिकल चियर, ४ र ५ कक्षाका बिद्यार्थीहरुबीच मेरो विद्यालय शीर्षकमा चित्रकला, ६ देखि  ८ कक्षाका बिद्यार्थीहरुबीच सुन्दर थाहानगर शीर्षकमा चित्रकला र ९–१० कक्षाका बिद्यार्थीबीच बाल अधिकार सबैको सरोकार विषयक निवन्ध प्रतियोगिता आयोजना गरिएको जनकल्याण माविका स्काउट शिक्षक मिना महर्जनले जानकारी दिइन् ।

जनकल्याण स्काउट ट्रुप संयोजक तथा प्रधानाध्यापक सानोभाइ कार्कीको अध्यक्षता तथा स्थानीय स्काउट थाहानगर संयोजक गणेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्काउट शिक्षकहरु मनोज लामिछाने, सुमित्रा केसी, शशीकला काफ्ले लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg