Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ट्रक ट्याक्टर ठोकिदाँ हेटौंडामा एकजनाको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रातोमाटे नजिक ट्रकले ट्याकटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

वीरगन्जबाट चामल बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकले विपरित दिशाबाट अमलेखगञ्ज तर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याकटरलाई ठक्कर दिँदा ट्याकटर चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याकटरमा सवार ३ जना घाइते भएको र घाइते ३ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा उपचार गरीएको छ।

घटनामा मुत्यु हुने टयाकटर चालकको बारा घर भएका २१ वर्षीय लाल बाबु यादव रहेको र उनको उपचारका क्रममा हेटौँडा अस्पताल मुत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए । दुर्घटना पश्चात ट्रक पल्टिएको र ट्रक चालक पशुपतिनगर प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता रानाले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०