Saturday, 4th July, 2026
वि.स.

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ६ स्थित चौघडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

कान्तिलोकपथ अन्तर्गत् पर्ने सडकमा बा २ क ७११० नम्बरको ट्रकले अनटेस्ट स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा ६ निवासी अन्दाजी ४५ वर्षीय श्यामफुल बलामी रहेको प्रहरीले जनाएको छ ।