Thursday, 2nd July, 2026
वि.स.

टिस्टुङ महोत्सव सफल बनाउन काठमाण्डौंमा वृहत्त छलफल

Mahosssss-1537095831.jpg

मकवानपुरको थाहा नगरपालिका स्थित टिस्टुङ बज्रवाराहीमा हुने टिस्टुङ महोत्सव–२०७५ को तयारीका सन्दर्भमा वृहत छलफल भएको छ । काठमाण्डौंमा महोत्सव मुल समारोह समितिले छलफल कार्यक्रम गरेको हो ।

यही २०७५ असोज २४ देखि २७ सम्म मकवानपुर जिल्लाको उत्तरी भेग अर्थात थाहा नगरपालिका स्थित ऐतिहासिक टिष्टुङ उपत्यकामा मौलिक तथा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले टिष्टुङ महोत्सव आयोजना हुँदैछ । 

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुहुने र ४ दिनसम्म चल्ने संचालन हुनेछ । महोत्सव समारोह समितिका संयोजक इन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित विधायन तथा सरकारी आश्वासान समितिका सभापति रामनारायण बिडारीले प्रमुख अतिथिका हैसियतले विविध कुराहरुमाथी प्रकाश पारेका थिए । उनले आफ्नो जन्म स्थानको व्यापक प्रचार प्रसारको खाँचो औंल्याउदै महोत्सव सफल पार्न सक्दो सहयोग गर्ने बताए । 

उनले विगतमा केही व्यक्तिहरुका व्यक्तिगत स्वार्थका कारण सो क्षेत्रको प्रशासनिक नाम टिस्टुङ अन्यत्र सारिएको भएपनि अहिले साझा नाम ‘थाहा’ भएको र टिस्टुङ, पालुङ र चित्लाङलाई ऐतिहासिक हिसावले नै परिचय गराउनुपर्ने धारणा राखेका थिए । उनले चन्द्रागिरी चित्लाङको बाटो छिटो भन्दा छिटो सम्पन्न भएमा सो क्षेत्रको विकासले नयाँ आयाम लिने बताउँदै आफु त्यसका लागि लागिरहेको जानकारी दिए । 

‘विगतमा केन्द्र र प्रदेश सरकारको हानथापले थानकोट–चन्द्रागिरी चित्लाङ सडक नबन्ने खतरा बढेपनि अब केन्द्रले नै बनाउने गरी प्रक्रिया मिलाएका छौं, त्यसलाई बजेट थपेर जसरी पनि सम्पन्न गर्नुपर्छ । ’–उनको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, पुर्व एलडिओ भुवनप्रकाश विष्ट, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछाने, समाजसेवी हरिहर लामिछाने, मेजरमान गोपाली,  धर्मदत्त बिडारी, राजन बिडारी, भरत गोपाली, नरेश महर्जन, कृष्णमान श्रेष्ठ, टिकादत्त बिडारी,  व्यवसायी इश्वर बिडारी, पवन जोशी, हरिहर सुबेदी लगायतको उपस्थिति थियो । 

उनीहरुले महोत्सवका सन्दर्भमा आयोजकहरुलाई विविध सुझाव दिएका थिए । सबैको जोड आफ्नो पहिचानको लागि एकजुट भएर महोत्सव सफल पार्नुको विकल्प नभएको बताइएको थियो । कार्यक्रमको सञ्चालन सहसंयोजक प्रमोदकृष्ण जोशीले गरेका थिए । उनले स्थानीय जनता सबैजना आयोजक भएकाले सबैले महोत्सव सफल पार्न आ आफ्नो ठाँउबाट सहयोग पु¥याउन आग्रह् गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०