Thursday, 20th August, 2026
वि.स.

टिष्टुङ र आग्राका उपभोक्ता समतिलाई अनुशिक्षण

थाहा नगरपालिकाका टिष्टुङ र आग्राका चार वटा वडामा गठित उपभोक्ता समितिका पदाअधिकारी तथा जनप्रतिनीधिहरुलाई अनुशिक्षण दिइएको हो । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा संचलन गर्ने योजनाका लागि गठित उपभोक्ता समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइएको हो । 

अनुशिक्षणका सहभागीहरुलाई थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत शिवप्रसाद देवकोटाले सहजीकरण गरेका थिए । थाहा नगपालिका वडा नं. ११ र १२ का लागि टिष्टुङको नौखण्डेमा १२ नंबर वडा अध्यक्ष मान बहादुर स्याङ्तानको सभाध्यक्षतामा र २३ साउनमा ७ र ८ नम्बर वडाका लागि आग्राको डाँडाबासमा संचालन भएको तालीम ७ नम्बर वडा अध्यक्ष सनमसिं मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

टिष्टुङमा भएको कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष किरणमान बल, डाँडाबासमा संचालन भएको तालीममा ८ नम्बर वडा अध्यक्ष टिकाराम रुम्बालगायतले बोलेका थिए । सहभागीहरुलाई उपभोक्ता समिति गठन प्रक्रिया, अपनाउनु पर्ने विधिहरु, अनुगमन मुल्याङ्कन तथा उपभोक्ता समितिले गठनदेखि भूक्तानी र योजनाको दिगो व्यवस्थापनका उपायहरुको विषयमा समेत सहजीकरण गरिएको थियो ।

कार्यक्रममा लेखा अधिकृत शिवप्रसाद देवकोटा, इन्जिनियर सन्तोष बोहरा, सूचना अधिकारी सुरजकुमार भुजेल, लेखापाल सुनिल न्यौपाने, वडा सचिवहरु सुदिपकुमार कडेल, पूर्ण गोले, चन्द्र बहादुर थिङ, शंकर लामा, प्राविधिक सुकदेव विडारी, रामचन्द्र थिङ लगायतकाको आतिथ्यता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif