Thursday, 20th August, 2026
वि.स.

टिष्टुङ महोत्सवमा स्थानीय उत्पादनको आकर्षण

IMGL0230-1539311024.JPG

थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ)मा संचाचलन भइरहेको टिष्टुङ महोत्सवमा स्थानीय उत्पादनहरुको आकर्षण रहेको छ । २४ असोजबाट शुरु भएको महोत्सवमा स्थानीय उत्पादनहरुको आकर्षण रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिए ।

टिष्टुङ बज्रवाराहीमा संचालन भएको महोत्सवमा उड्कलमा कुटेको चिउरा, स्थानीय खेसको कपडा, कृषि प्रदर्शनीलगायत स्थानीय उत्पादनहरुको आकर्षण रहेको छ । २७ असोजसम्म संचालन हुने महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रमहरुको आकर्षण रहेको छ । स्थानीय नव प्रतिभा सँस्कृतिक समाजको विशेष साँस्कृतिक कार्यक्रम रहेको छ । 

प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरेको उक्त महोत्सवमा टिष्टुङको ऐतिहाँसिकताको अवलोकन, स्थानीय गोपाली होमस्टेको अनुभवन लिन सकिन्छ भने नेवारी साँस्कृतिक नाचहरु अवलोकन गर्न सकिन्छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif