Thursday, 20th August, 2026
वि.स.

टिष्टुङ महोत्सवको उद्घाटन मुख्यमन्त्री पौडेलले गर्ने

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने भएका छन् । यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको २४ असोज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

अहिले महोत्सव तयारी स्वरुप टिष्टुङ बजार सरसफाई, प्रवेशद्वारा निर्माण, स्टल व्यवस्थापन लगायतकाको कार्य भइरहेको सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य जोशीले जानकारी दिए । 

कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif