Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

टिष्टुङ पहिरो अपडेटः एकजनाको शव फेला, कम्पनीको विरोधमा स्थानीय, सडक अझै खुलेन (हेर्नुहोस फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ गैरी गाउँमा रहेको ढुङ्गाखानीमा एकजनाको ज्यान जाने गरी पहिरो गएपछि अवरुद्ध सडक अझै खुलेको छैन । त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङ–दामेचौर सडक खण्ड अहिले पहरोका कारण अवरुद्ध भएको हो । 

पहिरोमा परी थाहा–१२ का काले मोक्तानको ज्यान गएको थियो । उनको शव ३० साउन विहान फेला परेको छ । पहिरोमा ३ वटा ट्रिपर र एउटा एक्साभेटरमा क्षति पुगेको छ । ढुङ्गाखानीमा ७ वटा ट्रिपर रहेका थिए । 

स्थानीयहरुले पटक पटक खानी बन्द गर्न आग्रह गर्दा पनि संचालन गरेको कारण घटना भएको भन्दै स्थानीयहरुले कम्पनीको विरोध गरिरहेका छन् । 
फोटो फिचर: