Monday, 17th August, 2026
वि.स.

टिष्टुङको वागेश्वरीमा कम्प्युटर ल्याब उद्घाटन

Lab-1505992806.jpg

थाहा नगरपालिका ११ नौखण्डेमा रहेको बागेश्वरी माविमा इन्टरनेट सहितको कम्प्युटर ल्याव उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर २० वटा कम्प्युटरसहितको ल्याव उद्घाटन गरिएको हो । 

टिस्टुङकै इतिहासमा यति ठूलो परिमाणको कम्प्युटरसहित इन्टरनेट जडित ल्यावको शुरुवात गरिएको यो पहिलो हो ।  बागेश्वरी मावि र प्रेम सागर फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्ट र समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले संयुक्त रुपमा रिवन काटेर ल्याव उदघाटन गरेका थिए ।

प्रेम सागर फाउन्डेशन, हिमालयन चिल्ड्रेन च्यरिटिज नेपाल र बागेश्वरी माविको संयुक्त लगानीमा ल्याव संन्चालन हुने भएको हो ।  कम्प्युटर ल्यावको उद्घाटन गर्दै प्रमख अतिथि विष्टले टिस्टुङ भेगका सिबद्यालर्थीहश्रका लागि कम्प्युटर प्रविधिबाट पढाई शुरु गर्न पाएकोेमा खुशी व्यक्त गरेका थिए । कम्प्युटर कक्षा अहिलेको अपरिहार्यता भन्दै उनले आगामी दिनमा नगरपालिकाको समेत सहयोग रहने बताए । 

सो अवसरमा   विभिन्न सहयोगी संस्थाका प्रतिनिधि ,वडा अध्यक्ष लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेम सागर फाउन्डेशनलाई सहयोग गर्ने अमेरिकि संस्थाका टिम र अतिथिहरुलाई बिद्यार्थीहरुले फुलको माला लगाएर स्वागत गरेका थिए ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम वाईवाको सभाध्यक्षता रहेको उदघाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोक लामा हिमालयन चिल्ड्रेन च्यारिटिज नेपालका अध्यक्ष चेतकुमारी विक, जिल्ला शिक्षा कार्यलय मकवानपुरका बिद्यालय निरिक्षक लक्ष्मण दहाल, प्रेमसागर फाउन्डेशन नेपालका उपध्यक्ष प्रेमराज ढुङ्गेल,फाउन्डेशनका महासचिव डोरनाथ न्यौपाने,समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल,थाहा नगर ११ का वडा अध्यक्ष किरणमान बल,१२ का मानबहादुर स्याङ्तान, ३ नं. वडाका अध्यक्ष राजेस केसी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif