Saturday, 15th August, 2026
वि.स.

जोनको कार्यक्रम : थाहानगर र इन्द्रसरोबरका १८० टनेललाई प्लास्टिक वितरण

plastic-bitaran-1654143269.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् तरकारी जोन कार्यालय पालुङले थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका गरी ३६ कृषक समूह तथा सहकारीहरुलाई टनेलका लागि प्लास्टिक वितरण गरेको छ ।

टनेल खेती प्रविधि अन्तर्गत् टनेल निर्माणका लागि सिफारिस भएका जोनमा आवद्ध समूह र सहकारीका कृषकहरुलाई पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत् प्लास्टिक वितरण गरिएको जोनकी जेटिए प्रमिला पोखरेलले जानकारी दिइन् । ‘टनेलमा ५० प्रतिशत अनुदान हो, बाँसको टहरा कृषकहरुले निर्माण गर्दा हामीले प्लास्टिक सहयोग गरेका छौँ,’ उनले भनिन् ।

३६ रोल प्लास्टिक वितरण गरिएको र एक रोलबाट ६ गुणा २० साइजको पाँचवटा टनेललाई पुग्ने पोखरेलले बताइन् । 

तरकारी जोन कार्यालय पालुङले थाहा नगरपालिकाको १२ र इन्द्र सरोबर गाउँपालिकाको ५ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif