nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जेसीज सप्ताहः प्राथमिक उपचार तालिम सम्पन्न

पालुङ जेसीजले जेसिज वर्ष २०१६ को जेसिज सप्ताह अन्तर्गत २ मंसीरमा प्राथमिक उपचार सम्वन्धी तालिम सम्पन्न गरेको छ । पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको तालिममा उत्तरी भेगका ४८ जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो । 

थाहानगरको शिखरकोटमा भएको प्राथिमक उपचार तालिममा उत्तरी क्षेत्रका १२ विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा जनकल्याण मावि, मत्स्य नारायण मावि, पालुङ इंगलिस स्कूल, ऋषेश्वर आवि, घाटदेवी आवि, लेकाली बसीफाँट मावि र पालुङ मोडर्न इंगलिस मिडियम स्कूलका शिक्षक विद्याथीहरु सहभागी थिए ।  त्यसैगरी झम्केश्वरी मावि, सुनौला मावि, बज्रवाराही मावि, स्वच्छन्दभैरब मावि र सरस्वति आबिका शिक्षक विद्यार्थीहरु तालिममा सहभागी भएको कार्यक्रम संयोजक बिजय मल्लले जानकारी दिए । 

सोही अबसरमा विद्यालयहरुलाई प्राथमिक उपचार समग्रीसमेत प्रदान गरिएको थियो । थाहा पोलिक्लिनिकका रमेश खड्का र जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले प्राथमिक उपचार सामग्री सहयोग गरेका थिए । 
तालिमको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा मेडिकल अधिकृत रिनेश अधिकारीले सहजीकरण गरेका थिए । 

भलिबलमा संघसंस्था विजयी

पालुङ जेसीसले कार्यालय प्रमुख र जेसिज बीच मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जेसीज टिम पराजित भएको छ । प्रतियोगितामा कार्यालय प्रमुखको टिमले जेसीज टिमलाई २५–१९, २५–२१, १९–२५, २६–२४, १५–११ को सेटमा पछि पार्दै विजय भएको हो ।

प्रतियोगितामा संघसंस्थाका तर्फबाट  रुपक उप्रेती, सानोबाबु मोक्तान, कुमार नेगी, दीपक गजुरेल, धिरेन्द्र चौधरी र बाबुराम उप्रेतीले खेलेका थिए भने जेसीजको तर्फबाट भूमिराज अवस्थी, विजय अमात्य, पूर्णध्वज केसी, प्रदिप थिङ, कृष्ण दाहाल, श्रीकृष्ण श्रेष्ठ र मनोज लामिछाने खेलाडी थिए । 

कार्यालय प्रमुख टिमलाई मेडल प्रमाण प्रत्र समापन कार्याक्रममा प्रदान गरिने वर्ष २०१५ का महासचिव विजयश्याम अमात्यले जानकारी दिए । 

त्यसैगरि मंसिर ३ गते ट्राफिक जनचेतना कार्यक्रम, एकल गाएन र नृत्य प्रतियोगिता हुने सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)