Wednesday, 12th August, 2026
वि.स.

जेसीज दौडमा सन्दिपले बाजी मारे, दाेस्राे बिजन तेस्रो पर्वतराज

FB_IMG_1786548971480-1786549956.jpg

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पालुङ जेसीजले २७ साउनमा आरोग्य थाहानगरका लागि  जेसीज दौड प्रतियोगिता–२०२६ सम्पन्न गरेकाे छ।
​थाहा नगरपालिकाको आर्थिक सहयोग तथा थाहा गार्मेन्ट र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा ५ किलोमिटर दूरीको प्रतियोगिता आयोजना गरिएको हो। 

थाहा नगरपालिका–३ शिखरकोटबाट सुरु भएको दौड ओखर बजार पुगेर पुनः शिखरकोटमै आएर टुङ्गिएको थियो।

प्रतियोगितामा १० जना खेलाडीलाई पछि पार्दै मनहरी गाउँपालिकाका सन्दीप बिक प्रथम भएका छन् । प्रथम भएसँगै उनले नगद १० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, थाहा नगरपालिका–३ का बिजन सुनार द्वितीय हुँदै नगद ६ हजार, मेडल र प्रमाणपत्र हात पार्न सफल भए भने थाहा–३ कै पर्वतराज उप्रेती तृतीय बन्दै नगद ४ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। विजयी खेलाडीहरूलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई सान्त्वना स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

पालुङ जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष सञ्जय गोपालीको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट ‘आदर्श’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। 

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषाेत्तम काल, पूर्वअध्यक्षहरू, बोर्ड पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो।

​कार्यक्रमका संयोजक जेसी नरेन्द्र लामाले प्रतियोगिता भव्य रूपमा सम्पन्न गराउन सहयोग गर्ने सहभागी खेलाडी तथा सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गरे। उनले पालुङ जेसीजले आगामी दिनमा पनि युवालक्षित विविध रचनात्मक तथा खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif