nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जीवीकोपार्जनमा सघाउँदै रेडक्रस 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको खेटेखोला हुँदै खेतमा सिंचाईका लागि निर्माण भएको तेर्सो राजकुल पुर्ननिर्माण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले संचालन गरेको भूकम्प प्रतिकार्य अन्तर्गत स्पेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा पुर्ननिर्माण गरिएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए । 

भूकम्पपीडित किसानलाई जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले राजकुलोको पुर्ननिर्माण गरिएको रेडक्रस मकवानपुरले जनाएको छ ।

शौचालय पनि मर्मत

रेडक्रस मकवानपुरको समन्वयमा सार्वजनिक शौचालयको मर्मत गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ साविक थाहा ७ मा क्रियाशील पुर्नलाभ कार्य समूहको कार्यक्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत शौचालय मर्मत गरिएको हो । 

कुटकुटेश्वरमा रहेको सार्वजनिक शौचालय मर्मतका लागि रेडक्रसले बीस हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । 
 


 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg