nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

जीप दुर्घटनाः मृतकको सङ्ख्या सात पुग्यो

डडेलधुराको अमरगढीमा ४ फागुनमा मध्यान्ह भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या ७ पुगेको छ । मृतक सबै एकै गाविसका हुन् । भागेश्वरबाट डडेलधुरा सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र २ जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका डिएसपी प्रेम शाहीले जानकारी दिए ।

से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा सडकबाट १३० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

मृत्यु हुनेहरु सबैको पहिचान खुलेको छ । भागेश्वर गाविस ८ का गणेश कार्की, वडा नम्बर ४ का लक्ष्मण भट्ट र जयानन्द भट्ट, त्यस्तै वडा नम्बर ५ का कामदेव पाण्डे र नरपति पाण्डेको घटनास्थलमै मृत्यु भएको डिएसपी शाहीले जानकारी दिए ।

भागेश्वर ७ का दिवाकर पाण्डे र पदमबहादुर मल्लको भने डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते पााचमध्ये १ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र अन्यको उपक्षेत्रीय अस्पताल डडेलधुरामै उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपी शाहीले बताएका छन् ।